
पुस २१, दैलेख
दैलेखको नारायण नगरपालिका ८ सिमाडाका ३५ वर्षीया रामबहादुर बिकलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा बिकले बालिकालाई जबरजस्ती करणी गरेका थिए, सोही सूचनाको आधारमा हामिले पक्राउ गरेका हौं । प्रहरी सहायक निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिएका छन् ।
स्थानीयबाट जानकारी आए लगत्तै प्रहरी परिचालन गरिएको थियो । पक्राउ परेका पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थपको अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको छ ।









